काठमाडौं, कात्तिक १२। सुर्खेतको गुर्भाकोट नगरपालिका–९ भालुखोलास्थित भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा एक मजदुरको घटनास्थलमै मृत्यु भएको छ।
नेपाल प्रहरीका अनुसार हिजाे दिउँसो भालुखोलाबाट बालुवा लिएर खहरे खोलातर्फ जाँदै गरेको भे २ त ५९ नम्बरको ट्याक्टर अनियन्त्रित भई अगाडिको भाग पल्टिएको थियो।
दुर्घटनामा ट्याक्टरमा सवार गुर्भाकोट नगरपालिका–९, बोटेचौर निवासी २८ वर्षीय बिमल रानाको मृत्यु भएको हो। ट्याक्टरको अगाडिको भागले च्यापिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न ट्याक्टर चालक गुर्भाकोट नगरपालिका–२, खरिगैरा निवासी ४८ वर्षीय चन्द्रप्रकाश बि.क.लाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














प्रतिक्रिया दिनुहोस्