जनता टाइम्स

१२ कार्तिक २०८३, बिहिबार २०:०६

रवि–बालेन भेटबारे ठाकुर गैरेको कटाक्ष : पुरानो खिल निकाल्छ कि नयाँ थप्छ?


काठमाडौं, कात्तिक १२ । नेकपा एमालेका नेता ठाकुर गैरेले प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भएको चार घण्टा लामो भेटवार्ताबारे कटाक्ष गर्नुभएको छ।

गैरेले लामिछानेकै शब्द सापटी लिएर सामाजिक सञ्जालमार्फत भेटवार्ताको उद्देश्यबारे प्रश्न उठाउनुभएको हो।

“करिब दुई महिनापछि रास्वपा सभापति र प्रधानमन्त्रीबीच भएको चार घण्टा लामो अति गोप्य छलफलले पुरानो खिल निकाल्ने भयो कि घाउमा नयाँ खिल थप्ने भयो,” गैरेले लेख्नुभएको छ।

नयाँ वर्ष २०८३ को शुभकामना दिने क्रममा लामिछानेले ‘खिल निकाल्ने वर्ष’ भन्ने अभिव्यक्ति दिनुभएको थियो। गैरेले सोही अभिव्यक्तिलाई जोडेर प्रधानमन्त्री र रास्वपा सभापतिबीचको भेटवार्तामाथि व्यङ्ग्य गर्नुभएको हो।