काठमाडौं, कात्तिक १४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन आचार्यको नेतृत्वमा पार्टीका नेताहरूको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने भएको छ।
शनिबार बसेको पार्टी सचिवालय बैठकपछि प्रवक्ता जगदीश खरेलले चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा महामन्त्री आचार्यको नेतृत्वमा प्रतिनिधिमण्डल चीन जान लागेको जानकारी दिनुभएको हो।
भ्रमणको मिति भने सार्वजनिक गरिएको छैन। ‘महामन्त्री विपिन आचार्यको नेतृत्वमा केही सदस्यहरूसहितको प्रतिनिधिमण्डल छिट्टै चीन भ्रमणमा जाँदै छ,’ प्रवक्ता खरेलले भन्नुभयो।
बैठकमा मधेस प्रदेश र विभिन्न जिल्लामा हुन नसकेका अधिवेशनबारे सहमहामन्त्री हरि ढकाल नेतृत्वको कार्यदलले तयार पारेको अध्ययन प्रतिवेदन पनि पेस गरिएको छ।
प्रवक्ता खरेलका अनुसार प्रतिवेदन अध्ययन गरेपछि पार्टीले आवश्यक कदम चाल्नेछ।














प्रतिक्रिया दिनुहोस्