जनता टाइम्स

१४ कार्तिक २०८३, शनिबार १९:४५

संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठूलो कोही छैन : रवि लामिछाने


काठमाडौं, कात्तिक १४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठूलो कोही पनि नभएको बताउनुभएको छ।

पत्रकारमाथि भएको धरपकडबारे सचिवालय बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उहाँले संविधान र लोकतन्त्रमा आँच आउनु हुँदैन भन्ने कुरामा आफू स्पष्ट रहेको बताउनुभयो।

सञ्चार गृहमा प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनाबारे अनुसन्धान गरेर दोषीलाई कारबाही गर्न सचिवालय बैठकले स्पष्ट निर्देशन दिइसकेको उहाँले उल्लेख गर्नुभयो।

यस्तो कार्य गर्ने जोसुकै भए पनि कारबाही गरिने प्रतिबद्धता लामिछानेले व्यक्त गर्नुभयो।