जनता टाइम्स

१७ पुष २०७६, बिहीबार १०:४०

पश्चिमी न्यून चापिय प्रणालीको प्रभावले चिसो बढ्यो ( तीन दिनको मौसम पूर्वानुमान )


काठमाडौं, पुष १७ ।  न्यून चापीय प्रणालीको प्रभावका कारण आज देशभरको मौसममा बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहीबार दिनभर देशभर सामान्य बदली रही उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ ।

यस्तै पश्चिम र मध्य क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस्तै पूर्वका एक–दुई स्थानमा हल्का वर्षा हुने मौसमविदले बताएका छन् ।

राति पनि देशभर मौसम सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जनाइएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको छ ।

मौसम बदली भएकाले न्यूनतम तापक्रम केही बढेको छ । बिहीबार बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४।६ डिग्री सेल्सियस मापन भएको छ ।

तीन दिनको मौसम पूर्वानुमान

पुस १७ गते

दिउँसो –  देशभर सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भु(भागका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपात र पश्चिम तथा मध्यका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको तथा पूर्वका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना छ।

राति – देशभर सामान्य बदली रहि केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना देखिन्छ । उच्च पहाडि तथा हिमालि भु(भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना देखिन्छ ।

पुस १८ गते
दिउँसो स्देशभर सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भु–भागमा मध्यम देखि भारी हिमपात र पहाडि तथा तराईका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

राति स् देशभर सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भु–भागमा मध्यम देखि भारी हिमपात र पहाडि तथा तराईका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

पुस १९ गते
दिउँसो स्देशभर सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भु(भागमा हल्का देखि मध्यम हिमपात र पहाडि तथा तराईका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

राति– देशभर सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भु–भागमा मध्यम देखि भारी हिमपात र पहाडि तथा तराईका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।