काठमाडौं, कात्तिक १८ । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पछिल्लो समय पत्रकारमाथि भइरहेको असुरक्षाप्रति चिन्ता व्यक्त गर्दै सञ्चारकर्मीको सुरक्षामाथि प्रश्न उठाउनुभएको छ।
सानेपामा आयोजित पत्रकार सम्मेलनमा शर्माले पत्रकारहरू प्रतिपक्षी दलको कार्यालयमा प्रश्न गर्न पुग्दा उनीहरूको हातमा कालोपट्टी देखिने अपेक्षा गर्नुभएको बताउनुभयो।
‘प्रतिपक्षीकै कार्यालयमा गएर नै सही, बुम अगाडि तेस्र्याउँदै गर्दा पत्रकार साथीहरूको हातमा कहीँ न कहीँ कालोपट्टी होला भन्ने मलाई अनुमान लागेको थियो,’ उहाँले भन्नुभयो।
पत्रकारहरूले आफ्नो विमति र असहमति खरो रूपमा राख्न सक्नुपर्ने उल्लेख गर्दै शर्माले प्रतिपक्षी दलको कार्यालयदेखि सिंहदरबार र बालुवाटारसम्म पुगेर प्रधानमन्त्रीकै अगाडि पनि आफ्ना असन्तुष्टि व्यक्त गर्न सक्ने वातावरण हुनुपर्ने बताउनुभयो।
‘मैले तपाईंहरू कसैको हातमा कालोपट्टी देखिनँ। त्यसैले तपाईंहरूलाई सोध्न चाहन्छु, सबैभन्दा पहिले– तपाईंहरू सबै सुरक्षित हुनुहुन्छ ?’ उहाँले पत्रकारहरूलाई प्रश्न गर्नुभयो।
पत्रकारको सुरक्षा र प्रेस स्वतन्त्रताको विषय उठाउँदै शर्माले सञ्चारकर्मीले निर्भीक रूपमा प्रश्न गर्न पाउने वातावरण हुनुपर्नेमा जोड दिनुभएको छ।














प्रतिक्रिया दिनुहोस्