जनता टाइम्स

१८ कार्तिक २०८३, बुधबार १७:४७

आईजीपीलाई व्यक्तिगत स्वार्थका आधारमा हटाउनु सत्ताको चरम दुरुपयोगः ज्ञानेन्द्र शाही


काठमाडौं, कात्तिक १८ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयप्रति आपत्ति जनाउनुभएको छ।

सरकारले कार्कीलाई आईजीपीबाट हटाएर मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेपछि शाहीले व्यक्तिगत स्वार्थका आधारमा राज्यशक्तिको प्रयोग गर्नु सत्ताको चरम दुरुपयोग भएको टिप्पणी गर्नुभएको हो।

आईजीपीले कुनै अपराध गरेको भए प्रधानमन्त्रीको सल्लाहकार बनाएर होइन, कानुनअनुसार कारबाही गर्नुपर्ने उहाँको भनाइ छ।

‘आईजीपीले कुनै अपराध गरेका हुन् भने प्रधानमन्त्रीको सल्लाहकार बनाएर होइन, कानुनअनुसार कारबाही गरेर जेल हाल्ने हो। यदि आईजीपीले कुनै गल्ती गरेका छैनन् र कुनै पनि कानुनविपरीत काम गरेका छैनन् भने व्यक्तिगत स्वार्थका आधारमा कारबाही गर्नु राज्यसत्ताको चरम दुरुपयोग हो,’ शाहीले भन्नुभएको छ।

आईजीपीले गल्ती नगरेको अवस्थामा पनि पदबाट हटाउनु गलत भएको उल्लेख गर्दै शाहीले सरकारको निर्णयमाथि प्रश्न उठाउनुभएको छ।