काठमाडौं, कात्तिक १८ । सरकारले प्रहरी महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीलाई बर्खास्त गरेको छ ।
आज बसेको मन्त्रिपरिषद बैठकले आइजीपी कार्कीलाई बर्खास्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई आईजीपी बनाउने निर्णय गरेको हो ।
मन्त्रिपरिषदले आईजीपी दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको छ । कार्कीलाई हटाउने सूचना आएपछि प्रहरीले गत शुक्रवार मिडियाको समाचार कक्षमै पुगे पत्रकारलाई स्रोत खोज्दै पक्राउ गरेको थियो ।
प्रधानमन्त्रीसँग बदला लिन पत्रकार उठाइएपछि कार्की रक्षात्मक बन्नुभएको थियो । यही मौकामा सरकारले बर्खास्त गरी केसीलाई आइजीपी नियुक्त गरेको हो ।














प्रतिक्रिया दिनुहोस्