जनता टाइम्स

१८ पुष २०७६, शुक्रबार ११:३९

नेकपाले छान्यो राष्ट्रियसभा सदस्यका उम्मेदवार, गण्डकीबाट नारायणकाजी


काठमाडौं, पुष १८

नेपाल कम्युनिष्ट पार्टी नेकपाले राष्ट्रियसभा सदस्यमा नेकपाका उम्मेदवारहरु छनौट गरेको छ ।  शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले राष्ट्रियसभाका उम्मेदवारको टुंगो लगाएको हो ।

घोषित उम्मेदवारमा पूर्व एमालेबाट ९ जना र पूर्व माओवादीबाट ७ जना उम्मेदवार बन्नुभएको छ । १८ सदस्यीय सिटका लागि हुने निर्वाचनमा नेकपाले १६ उम्मेदवारमात्र चयन गरेको छ । पूर्व सहमति अनुसार प्रदेश–२ मा राजपासँग चुनावी तालमेल गरेकाले त्यहा दुई सिट छाडेको छ । एक जना भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित हुनेछन् ।

प्रदेश नम्बर १

इन्दु गौतम (महिला)
गोपी अछामी (दलित)
देवेन्द्र दाहाल (अन्य)

प्रदेश नम्बर २

तुलसा दाहाल (महिला)
राधेश्याम पासवान (दलित)

प्रदेश नम्बर ३

गंगा वेल्वासे (महिला)
डा. वेदुराम भुषाल (अन्य)

गण्डकी प्रदेश

नारायणकाजी श्रेष्ठ (अन्य)
भगवती न्यौपाने (महिला)

प्रदेश नम्बर ५

विमला घिमिरे (महिला)
जगप्रसाद शर्मा (अपांगता अल्पसंख्यक)
गोपाल भटटराई (अन्य)

कर्णाली प्रदेश

मायाप्रसाद शर्मा (अन्य)
सुमित्रा विसि (महिला)

सुदूरपश्चिम प्रदेश

तारामान स्वार (अन्य)
शारदा भटट (महिला)