मेलबर्न, पुस १९ । जारी अस्टेलियन टी–२० क्रिकेट बीग बास लिग (बीबीएल) मा नेपाली लेग स्पीनर सन्दीप लामिछानेले आफ्नो कमाल देखाएका छन । सन्दीपले आफ्नो पाँचौँ खेलमा तीन विकेट लिएर उत्कृष्ट प्रदर्शन गरेका हुन ।
मेल्बर्न स्टार्समा आवद्ध सन्दीपले आज जारी मेल्बर्न रेनेगर्डसँगको खेलमा चार ओभर बलिङ गर्दै तीन विकेट लिएका हुन । सन्दीपले ४३ रन बनाएर खेलिरहेका सहुन मार्सलाई क्याच आउट गराए भने ड्यानिएल क्रिस्टियनलाई शून्य रनमै पेभिलियन फर्काए । १५औँ आभेरमा तेस्रो ओभर बलिङ गर्न आएका सन्दीपले मार्सलाई ओभरको तेस्रो बलमा बाउन्ड्री लाइनमा क्याच आउट गराएका हुन ।
त्यस्तै चौँथो बलमा १ रन मात्र खर्चिएका उने पाँचौँ बलमा क्रिस्टियनलाई एलबीडब्लू धरापमा पारे । उनले अन्तिम विकट भने उनको व्यक्तिगत अन्तिम ओभरको अन्तिम बलमा टीम कुपरलाई आउट गरेका हुन । सन्दीपले अन्तिम ओभरमा तीन रन मात्र खर्चिएर एक विकेट लिए । सन्दीपले चार ओभर बलिङ गर्दा २६ रन खर्चिएर तीन विकेट लिएका हुन ।
प्रतिक्रिया दिनुहोस्