जनता टाइम्स

२० पुष २०७६, आईतवार ०८:२३

आजदेखि देशभरिकै मौसममा सुधार आउने, मङ्गलबारदेखि फेरि मौसम बदली हुने


काठमाडौं,पुस २० । आज आइतबार र सोमबार देशभरकै मौसम सामान्यतया सफा हुने छ । पश्चिमी वायुको प्रभाव कमजोर हुँदै गएकाले मौसम सफा हुने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।

अहिले काठमाण्डौसहित देशका केही ठाउँमा देखिएको कुहिरो पनि दिउँसोपछि हट्दै गएर घाम लाग्ने मौसमविद् मानन्धरले बताउनु भयो । सोमबार पनि सामान्यतया देशभरिकै मौसम सफा हुनेछ ।

नयाँ मौसमी प्रणाली देखिएकाले मङ्गलबारदेखि भने फेरि मौसम बदली हुने सम्भावना रहेको उहाँले बताउनु भयो । तर प्रणालीको असर कत्तिक्को पर्छ भन्ने बारे भने अहिल्यै भन्न नसकिने उहाँले बताउनुभयो । आज विहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । केही दिन यता पश्चिमी वायुको प्रभावका कारण देशभर पानी र हिउँ पर्दा जनजीवन प्रभावित भएको थियो ।