काठमाडौं, पुष २०
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटीको बैठक धकेलिएको छ । पुष २३ गतेदेखी बोलाइएको केन्द्रीय कमिटीको बैठक माघ १५ गतेसम्मका लागि सारिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान बसेको सचिवालय बैठकले राष्ट्रियसभा निर्वाचनको तयारीमा नेताहरु ब्यस्त रहनु पर्ने भएकाले बैठक तीन साता पछाडी सारिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनको तयारीमा नेताहरु ब्यस्त रहनु पर्ने भएकाले पुस २३ मा आयोजना गरिएको केन्द्रीय कमिटीको बैठक माघ १५ गतेका लागि सार्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जनाउनु भयो । बैठक अन्य विषयमा सामान्य छलफल भएपनि कुनै निर्णय भने नभएको उहाको भनाई छ । बैठकमा राजधानीमा उपलब्ध सचिवालय सदस्यको मात्र उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्