जनता टाइम्स

२१ पुष २०७६, सोमबार १२:५३

उत्कर्षमा पुग्यो कांग्रेस बिवाद : ७७ मध्ये ४२ जिल्ला सभापति देउवाको बिपक्षमा उभिए (सूचीसहित)


काठमाडौं, पुस २१ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्रको बिवादले चरम रुप लिएको छ । सभापति शेरबहादुर देउवाले एकलौटी रुपमा महाधिवेशन मिति तोक्नेदेखि केन्द्रीय बिभाग बढाएपछि असन्तुष्ट नेताहरुले आज जिल्ला सभापतिको भेला बोलाएका छन ।

सभापति देउवासँग असन्तुष्ट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शसांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले आज जिल्ला सभापतिको भेला बोलाएको हो । जिल्ला सभापति भेलामा देउवा अल्पमतमा परेका छन । सहमति प्रयास भइरहेका बेला देउवाले एकपक्षीय रूपमा निर्णय गरेको भन्दै असन्तुष्ट पक्षले सच्याउन भन्दै भेला तय गरेको हो । ७७ जिल्ला सभापतिमध्ये देउवानिकट ३५ र इतरका ४२ जना रहेका छन ।

केन्द्रीय कार्यसमितिको पुस ११ गतेको बैठकले महाधिवेशन कार्यतालिका सार्वजनिक गर्दै विभाग संख्या दोब्बर बनाउनेलगायत निर्णय बहुमतबाट गरेपछि पौडेल–सिटौला पक्ष निकै चिढिएको छ । देउवाले अर्को वर्ष फागुन ७ देखि १० गतेसम्म १४औं महाधिवशेन गर्ने, विभाग संख्या २८ बाट ४७ बनाउने तथा नेपाल तरुण दलको समयावधि ६ महिना थप गर्ने निर्णय बहुमतका आधारमा गर्नुभएको थियो । सिटौलाले त गत मंगलबार देउवालाई पार्टीभित्र एकताका लागि ज्ञापनपत्र नै बुझाउनु भएको थियो । पौडेल पक्षले देउवाविरुद्ध देशव्यापी रूपमा अभियान सञ्चालन गर्ने निर्णय गरिसकेको छ ।

यी हुन भेलामा सहभागी जिल्ला सभापति

१. लिलादेवी बोखिम : ताप्लेजुङ्ग
२. नरेन्द्र कुमार केरुङ्ग : पाँचथर
३. हिमालय कर्माचार्य : इलाम
४. उद्धव थापा : झापा
५. दिपन कुमार श्रेष्ठ : संखुवासभा
६. गोविन्द ढुङ्गाना : तेह्रथुम
७. नन्दमणी राई : भोजपुर
८. अग्नि प्रसाद पौडेल : धनकुटा
९. राजिव कोइराला : सुनसरी

१०. बिनोदकुमार बस्नेत : सोलुखुम्बु
११. १२. नरेश कुमार श्रेष्ठ : खोटाङ्ग
१२. उज्जलप्रसाद बर : सिन्धुली
१३. विकास लामा : सिन्धुपाल्चोक
१४. मधु आचार्य : काभ्रेपलान्चोक
१५. कृष्ण (सवुज) बानिया काठमाडौं
१६. जगदिश्वर नरसिंह केसी : नुवाकोट
१७. रमेश धमला : धादिङ्ग
१८. जितनारायण श्रेष्ठ : चितवन
१९. बालकृष्ण घिमिरे : पूर्वी नवलपरासी
२०. भेषबहादुर पौडेल : लम्जुङ्ग

२१. याङ्गजिङ्ग विष्ट : मुस्ताङ्ग
२२. खम्बहादुर गर्बुजा (खम्बिर) : म्याग्दी
२३. भुवनप्रसाद श्रेष्ठ : गुल्मी
२४. वीरबहादुर राणा : पाल्पा
२५. बिष्णुप्रसाद खनाल मुस्कान : अर्घाखाँची
२६. सुरेन्द्रराज आचार्य : कपिलवस्तु
२७. अमरसिंह पुन : रोल्पा
२८ अमरप्रसाद भण्डारी : प्यूठान
२९. गणेश चन्द : सल्यान
३०. किरण कोइराला : बाँके

३१. सञ्जय गौतम : बर्दिया
३२. केशरमान रोका : रुकुम पुर्व

३३. दिपकबहादुर शाही : जुम्ला

३४. हर्षबहादुर बम : कालिकोट
३५.दिपकजंग शाह : जाजरकोट
३६. प्रेमप्रकाश वली : रुकुम पश्चिम

३७. कृष्णकुमार वि.सि : दैलेख
३८. कमलराज रेग्मी : सुर्खेत
३९.ललितसिंह बोहोरा : दार्चुला
४०. खड्गबहादुर शाही : मुगु
४१. कर्णबहादुर मल्ल : डडेल्धुरा
४२. नरेन्द्र थापा : बैतडी