जनता टाइम्स

२२ पुष २०७६, मंगलवार ०८:२९

अर्थमन्त्री खतिवडा नहटने, राष्ट्रपतिबाट मनोनीत भएर फेरि सांसद बन्ने महासचिव बिष्णु पौडेलको खुलासा 


काठमाडौं, पस २२ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले राष्ट्रियसभा निर्वाचनमा अर्थमन्त्रीबाट डा युवराज खतिवडालाई उम्मेद्वार नबनाएपछि लामोसमयदेखि अर्थ मन्त्रालयमा बिचौलियाको काम गर्दै आएको ठुलै गिरोह अव खतिवडा हटने भन्दै खसी मनाउन थालेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको बिश्वासपात्रका रुपमा सरकारका छवि उच्च बनाउन र कामबाटै अब्बल सावित हुनुभएका अर्थमन्त्री खतिवडा अव केहीसमयपछि हटलान त भन्ने प्रश्न पनि निकैउठन थालेको छ । नेकपाका महासचिव बिष्णु पौडेल अर्थमन्त्री खतिवडा हट्ने विषय विशुद्ध हल्ला मात्रै भएको बताउनु हुन्छ । ‘पार्टीभित्र यस किसिमको छलफल केही पनि भएको छैन । पार्टीले राष्ट्रिय सभाको निर्वाचनमा खतिवडालाई उम्मेदवार नबनाउँदैमा उहाँ अर्थमन्त्रीबाट हट्ने भन्ने कुरा आउँदैन,’ अर्थमन्त्रीको बिषयलाई लिएरबजारमा अनेक हल्ला चल्न थालेपछि महासचिव पौडेलले सार्वजनिक रुपमै प्रतिवाद गर्दै भन्नुभएको छ ।

महासचिव पौडेलले पुरानै प्रक्रियाअनुसार राष्ट्रपतिबाट मनोनीति भई खतिवडा पुनः सांसद हुने जनाउ दिनुभयो । ‘उहाँ राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनीत भएर आउनुभएको हो । फेरि पनि सोही बाटोबाट उहाँ सांसद बन्ने सम्भावना कायम छ । अर्थमन्त्री र सभामुख पद बाँडेर लिने विषय झन् असान्दर्भिक नै हो,’ पौडेलको भनाई छ ।