जनता टाइम्स

२३ पुष २०७६, बुधबार १०:०८

इरानमा १८० यात्रु सवार विमान दुर्घटना : विस्तृत विवरण आउन बाँकी


इरान, २३ पुस । इरानमा १८० यात्रु सवार बोइङ ७३७ विमान दुर्घटना भएको छ । युक्रेनी विमान बुधबार बिहान इरानको राजधानी तेहरान नजिक दुर्घटना भएको हो । तेहरानस्थित इमाम खुमेनी विमानस्थलबाट उडेको केहीबेरमा विमान दुर्घटना भएको बताइएको छ ।
यसको विस्तृत विवरण आउन बाँकी छ ।