जनता टाइम्स

२४ पुष २०७६, बिहीबार ०८:३७

आज दिनभरि नै पानी र हिउँ पर्ने, भोलि पनि मौसम बदलीको सम्भावना


काठमाडौं, पुस २४ ।  पश्चिमी वायुको प्रभावले केही दिनदेखि देशभरिकै मौसम बदली भइरहेको छ ।

अहिले देशका विभिन्न ठाउँमा पानी र हिउँ परिरहेको छ । अहिले पश्चिमको दिपायल, वीरेन्द्रनगरसहित पूर्वको ओखलढुङ्गा आसपासका क्षेत्रमा पानी र हिउँ परिरहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावले देशभरिकै मौसम बदली भइ धेरै ठाउँमा पानी र हिउँ परिरहेको मौसमविद् मन्जु बासीले जनता टाइम्सलाई जानकारी दिनुभयो । उहाँका अनुसार यसकै प्रभावले बिहीबार दिनभरि नै पानी र हिउँ पर्दै रोकिने क्रम जारी रहने छ ।

शुक्रबार काठमाण्डौसहित मध्यका थोरै र पश्चिमका धेरै ठाउँमा घाम लाग्ने तर मध्य क्षेत्रकै केही र पूर्वको मौसम भने आशिंकदेखि सामान्य बदली हुने सम्भावना रहेको उहाँले बताउनु भयो ।