जनता टाइम्स

३१ बैशाख २०७६, मंगलवार १५:५५

घोटलाको तथ्य बाहिर आएपछि महरा माथि चौतर्फि आक्रमण


काठमाण्डौं, बैशाख ३१

काठमाडौं मलमा भएको घोटलाको सत्य तथ्य बाहिर आएपछी ज्यानमार्ने योजना बनाउने र भष्ट्रचार गर्नेहरुले यस भष्ट्रचार विरुद्धका अभियान्ता तथा द काठमाडौं मल ब्यपार संघका अध्यक्ष सुषमा महरा माथी नचाहीदो आरोप सहित मिडियामा प्रचार प्रसार गर्न थालेका छन् ।

भष्ट्रचार विरुद्ध लेखेका न्युज च्यानलहरु लाईसमेत प्रकाश कुमार श्रेष्ठले पुलिसको माथि सम्मको च्यानल आफु संग रहेकोले कार्वाही गर्न सक्ने भन्दै हटाउन धम्की दिएका छन् ।

काठमाण्डौं मलमा भएको घोटलाको छानविन निकायलाई भ्रमित पार्ने खोजिएको द काठमाडौं मल ब्यपार संघका अध्यक्ष सुषमा महराले बताउनु भयो । उहाँले भन्नुभयो ‘ भष्ट्रचार विरुद्धका यत्यस्ठ प्रमाणहरु भएकाले मिडिया मार्फत गरेको कु–प्रचार प्रसारले कुनै असर पर्दैन ।’ एक अनलाईन समचार पोर्टलले उहाँलाई ‘डन’ भनि लेखेको प्रति ‘ हिजोका गुन्डाहरु कहिले सध्य भएछन् ? अनि मलाई डन बनाइसकेछन् । यो सबैले बुझेकै कुरा हो आफुले गरेको भष्ट्रचार लुकाउन मलाई डन भनि प्रचार गरिरहेकाछन्।’

उहाँका अनुसार डनगिरी गर्नेले जतिसक्दो बनाओटी कुरा गरे पनि, जो जो संग सेटीङ गरेपनी यो देशमा अझै पनि राष्ट्रलाई माया गर्ने राष्ट्र सेवकहरु रहेकोले कार्वाही हुनेमा आफु ढुक्क रहेको बताउनु भएको छ ।

याे पनि

काठमाण्डौं मल घोटला प्रकरणः हजारको अडिट रिपोर्ट देखाएर करोडको कारोबार