जनता टाइम्स

१३ माघ २०७६, सोमबार ०८:२४

रुघाखोकी र ज्वरो प्रभावित हुम्लामा मुगुबाट डाक्टरसहितको टोली


माघ १२ । हुम्ला   रुघाखोकी र ज्वरोका कारण हुम्लामा सातजनाको ज्यान गएको छ ।

हुुम्लाको चंखेली गाउँपालिकामा गएको १६ दिनमा पाँचजनाको ज्यान गएको गाउँपालिकाका उपाध्यक्ष बिमलाकुुमारी शाहीले जानकारी दिनुभयो । यस्तै सर्केगाड र खार्पुनाथ गाउँपालिकामा एक÷एक जनाको ज्यान गएको छ ।

हुम्लाका स्वास्थ्य संस्थामा बिरामीको चाप रहेको तथा प्रकोपबाट बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका पनि स्थानीयले जानकारी दिएका छन् । समयमै उपचार नहुुँदा प्रकोप नियन्त्रण हुन नसकेको गाउँपालिकाका उपाध्यक्ष बिमलाकुुमारी शाहीको भनाइ छ ।

रुघाखोकी र ज्वरोका विरामी बढेपछि प्रभावित क्षेत्रमा मुगुबाट डाक्टरसहितको टोली गएको छ । तर यो प्रभावित क्षेत्र सडक सञ्जालमा नजोडिएकाले डाक्टरसहितको टोली सोमबार पुगेको छ । यस्तै कर्णाली प्रदेश सरकारले पनि औषधिसहितको प्राविधिक टोली पठाएको छ । यो टोली  भोली मंगलवार मात्रै प्रभावित क्षेत्रमा पुग्नेछ । खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले विरामीलाई रुघाखोकी लाग्ने, टाउको दुःखने समस्या देखिएको जानकारी दिनुभयो ।