काठमाडौं, माघ १८ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले एमसीसीको बिरोध गर्नेहरुलाई कडा जवाफ दिनुभएको छ । नेकपाको केन्द्रीय कमिटी बैठकस्थलपछि पत्रकारसँग कुरा गर्दै मन्त्री भट्टराईले एमसीसीको मूलभुत उत्तराधिकारी नेपाल सरकार हुने भएकाले यसमा आशंका वा बिरोध गर्नुपर्ने अवस्था नरहेको भन्दै प्रतिवादमा उत्रनुभएको हो ।
‘एमसीसी परियोजनामाथिको सबै अधिकार नेपाल सरकारमा निहित हुने भएकाले त्यसमा आपत्ति जनाउनु आवश्यक छैन,’ नेकपा स्थायी समिति सदस्यसमेत रहनुभएका पर्यटनमन्त्री भट्टराईले भन्नुभयो । उहाँले एमसीसीमा केही कमी कमजोरी भए सच्याएर जाुनपर्ने सुझाव बैठकमा आएको जानकारी भने दिनुभयो ।
पार्टी एकता भए पनि सवै नेताहरुबीच सम्बन्ध सुमधुर बनाउन केन्द्रीय कमिटी बैठकले अत्यन्त सकारात्मक भूमिका खेलेको निश्कर्ष पनि उहाँले सुनाउनु भएको छ । ‘यो केन्द्रीय कमिटी बैठकमा सबै सदस्यको भावनात्मक सम्बन्ध विकास भएको छ, यसले एकतालाई अझ मजबुत बनाएको छ,’ भट्टराईले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्