जनता टाइम्स

१९ माघ २०७६, आईतवार १५:०८

नेकपाले बनायो झलनाथ खनाल नेतृत्वको कार्यदल


काठमाडौं, माघ १९ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अमेरिकी सरकारको मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) को अध्ययन गरी सुझाव दिन वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा कार्यदल गठन गरेको छ ।

केन्द्रीय कमिटीको जारी बैठकमा सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले एमसीसीबारे अध्ययन गरी सुझाव दिन पूर्वप्रधानमन्त्री खनाल नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गर्नै घोषणा गर्नुभएको हो । कार्यदल सदस्यमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भीम रावल  रहनुभएको छ ।

कार्यदलले अबको १० दिनभित्रमा एमसिसीको अध्ययन गरेर पार्टी केन्द्रीय सचिवालयलाई सुझाव दिनेछ । खनाल नेतृत्वको कार्यदलले दिएको सुझावका आधारमा सचिवालय बैठकले एमसिसी के गर्ने भन्ने विषयमा निर्णय गर्नेछ ।