काठमाडौं, माघ १९ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले संघ–प्रदेश र स्थानीय सरकार सञ्चालन गर्न पार्टी संयन्त्र बनाएर अघि बढने निर्णय गरेको छ । आज सम्पन्न केन्द्रीय कमिटी बैठकले संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहका सरकार सञ्चालनका लागि सम्बन्धित कमिटीले संयन्त्र बनाएर जनताको पक्षमा काम गर्ने गरी परिचालन गर्ने निर्णय गरेको हो ।
‘तीनै तहको सरकार सञ्चालनका लागि सम्बन्धित तहमा संयन्त्र बनाएर जनताको अपेक्षाअनुसार काम गर्ने निर्णय भएको छ,’ बैठकपछि केन्द्रीय सदस्क्ष् झपट रावलले जनताटाइम्ससँग भन्नुभयो । उहाँका अनुसार सरकारको कामलाई प्रभावकारी बनाउन र सवै सदस्यको अपनत्व कायम गराउन यस्तो निर्णय गरिएको हो । बैठकले एक ब्यक्ति एक पदको नीतिलाई दृढताका साथ कार्यान्वयन गर्ने निर्णय पनि गरेको रावलले जानकारी दिनुभयो । यसअघि एकै ब्यक्तिलाई तीन चार ओटा पद थुपार्ने काम भएको भन्दै केन्द्रीय सदस्यहरुले चर्काे आवाज उठाएपछि बैठकले एक ब्यक्ति एक पदको नीति लागू गर्ने निर्णय गरेको हो ।
यो नीति ब्यवहारमा कार्यान्वयन भएमा आजको बैठकबाट उपाध्यक्ष चयन हुनुभएका बामदेव गौतमले संगठन बिभागको प्रमुख र किसान महासंघको इञ्चार्ज छाडनु पर्नेछ । ‘बिगतमा त्रुटी भयो, अव कडाइका साथ एक ब्यक्ति एक पदको नीति लागू गर्ने निर्णय भएको छ, आगामी दिनमा यस्तो ब्यवस्था हुने निर्णय बैठकले गरेको हो,’ रावलले भन्नुभयो । केन्द्रीय कमिटी बैठकले आगामी पन्धी दिनभित्र केन्द्रीय निकाय र बिभागसहित एकताको सम्पुर्ण काम टुंग्याउने निर्णयसमेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्