२१
तिमी जे गर, मेरो शिर निहुरिने काम नगर ।
ओइली झरेको फूल शिरमा सिउरिने काम नगर ।
म त तिम्रै हूँ दुईको नाम, बदनाम जोडिन्छ,
म भित्र सुतेको मेरो स्वाभिमान ब्यूँझिने काम नगर ।
२२
ब्यर्थ शक्ति किन खर्च गर्छौ, साँचेर राख काम लाग्ला ।
ऐले बादल लाग्यो भनेर नतर्स, केहि बेरमै घाम लाग्ला ।
बिहे भएन भनेर नतर्स तिमी, आफ्नो धर्म जोगाई राख
पक्कै तिमीलाई अपनाउन खोज्ने, मान्छेको भोलि लाम लाग्ला ।
Leave a Reply