जनता टाइम्स

२२ माघ २०७६, बुधबार ०७:११

सरकार प्रेस स्वतन्त्रता र मानवअधिकारप्रति दृढ छ : प्रधानमन्त्री ओली


काठमाडौं, माघ २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार प्रेस स्वतन्त्रता र मानवअधिकारप्रति दृढ रहेकाले त्यसमा शङ्का नगर्न आग्रह गर्नुभएको छ ।

विभिन्न निजी क्षेत्रका सञ्चारमाध्यमका सम्पादकसँग प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार साँझ भएको छलफलमा उहाँले सो आग्रह गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिनुभयो । ‘‘कुनै प्रकारको प्रेस स्वतन्त्रतामा बन्देज र सीमित गर्ने कार्य सरकारबाट हुदैन’’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘‘सरकारका तर्फबाट प्रेस स्वतन्त्रता विरोधी कुनै काम भए सच्चाउन तयार छौ ।’’

उहाँले सम्पादकहरुसँग मुलुकको राजनीति र समसामयिक अवस्थाकाबारेमा छलफल गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले सरकारलाई सहयोग गर्न सम्पादकहरुसँग आग्रह गर्नुभयो । उहाँले मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसिसी० हिउँदे अधिवेशनबाट पारित हुने सो अवसरमा बताउनुभएको थियो ।

प्रधानमन्त्री ओलीले आफूले अहिले मिर्गौलाको डाइलोसिस गरिरहेको जानकारी दिँदै चाँडै नै मिर्गौला प्रत्यारोपण गर्ने जानकारी गराउनुभयो । सो अवसरमा उहाँले आफूले अझै तीन वर्ष सरकारको नेतृत्व गर्ने बताउनुभएको प्रेस सल्लाहकार थापाले जानकारी दिनुभयो ।