जनता टाइम्स

२२ माघ २०७६, बुधबार ०९:०८

साढे दुई वर्षभित्र फलाम उत्पादनको काम हुन्छ : मन्त्री भट्ट


नवलपरासी, माघ  २२ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलगायतको टोलीले मङ्गलबार पूर्वी नवलपरासीको हुप्सेकोट–५ मा रहेको देशकै सबैभन्दा ठूलो धौबादी फलाम खानी क्षेत्रको अवलोकन गरेको छ । सो अवसरमा मन्त्री भट्टले फलाम खानीले देशको आर्थिक विकासमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले दुईदेखि साढे दुई वर्षभित्र फलाम उत्पादनको काम शुरु गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

टोलीमा मन्त्रालयका सचिब यामकुमारी खतिवडा, उद्योग मन्त्रालयका सहसचिव एवं धौबादी फलाम कम्पनीका अध्यक्ष शोभाकान्त पौडेल, खानी तथा भूगर्भ विभागका महानिर्देशक डा सोमनाथ सापकोटा, उद्योग विभागका महानिर्देशक जीवन सिटौला र उपमहानिर्देशक रामप्रसाद घिमिरेलगायत सहभागी हुनुहुन्थ्यो ।