जनता टाइम्स

२२ माघ २०७६, बुधबार १२:४६

ओमानद्वारा नेपाल सामु जितका लागि १९८ रनको लक्ष्य प्रस्तुत


काठमाडौं, माघ २२

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमानले नेपालसामु जितका लागि १९८ रनको चुनौति दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी त्रिकोणात्मक श्रृखलाको पहिलोमा ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १९७ रन बनाएको हो ।

ओमानका लागि मोहमद नदीमले अविजित रहदै ६९ अर्धशतकीय इनिङ्स खेले । उनले पाँच चौका र दुई छक्का प्रहार गरे । सन्दीप गउदले ३३ रन जोड्दा कप्तान जसन मसुदले २० रन बनाए । यस्तै अकिब अयासले १६ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन् ।

नेपालका करण केसीले ४ विकेट लिए । यस्तै, डेब्यु खेलाडी सुशन भारीले ऐतिहासिक प्रर्दशन गर्दै ३ विकेट लिदा दिपेन्द्र सिंह ऐरीले १ विकेट हात पारे । सन्दिप लामिछाने भने विकेट विहिन बने ।