जनता टाइम्स

२२ माघ २०७६, बुधबार १३:४८

रेडक्रस भक्तपुरका सभापति थापासहितका पदाधिकारीले कर छली गरेको पुष्टि, राजश्वले गर्यो जरिवानासहित असुली


भक्तपुर, माघ २२ । नेपाल रेडक्रस सोसाइटी भक्तपुरका सभापति विपद् व्यबस्थापन समितिका सभापति मनोजकुमार थापाले समेत कर छली गरेको तथ्य फेला परेको छ । रेडक्रसको केन्द्रीय सदस्यसमेत रहनुभएका थापाले कर छली गरेको तथ्य फेला परेपछि आन्तरिक रावश्व कार्यालय जगातेले जरिवाना गरेको छ ।

थापालाई आन्तरिक राजश्वले जरिवाना र व्याजसमेत गरी १ लाख ४५ हजार रुपैया अशुली गरेको हो । थापासँग अनोरियम भनी २०७२ असोज ११ गते देखि २०७५ पुस १६ गतेसम्म मन्त्री परशुराम पाण्डे, कोषाध्यक्ष प्रदिपकुमार केसी, उपमन्त्री शिवहरी केसी र सदस्य कृष्णश्वरी हाडासमेतले अनोरियम भनि मासिक तलब खाएको तर १ प्रतिशत मात्र कर तिरेर कर छली गरेको भेटिएपछि उनीहरुसँग पनि राजश्व असुली गरिएको छ । आन्तरिक राजश्वले थापासहित अन्यसँगबाट ४ लाख ५७ हजार ६ सय ६३ रुपैयाँ ५० पैसा असुली गरेको हो ।

यस्तो छ आन्तरिक राजश्वको पत्र

श्री नेपाल रेडक्रस सोसाइटी भक्क्तपुर शाखा स्थायी लेखा नं.घण्ज्ञज्ञघटद्दद्दद्ध विषयः अग्रीम कर कट्टी दाखिला सम्बन्धमा ।

उपरोक्त सम्बन्धमा त्यस फर्मको आ.व. २०७१।०७२ देखि आ.व.२०७४।०७५ सम्मको कारोवारको श्रोतमा कर कट्टी परिक्षण टि.डि.एक. अडिट गर्दा निम्नानुसारको कर व्याज, तथा थप दस्तुर रकम निर्धारण भएको हुँदा उक्त रकम दाखिला गर्नु पर्ने देखिएकोले पत्र प्राप्त भएको मितिले ७ (सात) दिन भित्र दाखिला गर्नु हुन सुचित गरिन्छ । साथै यो निर्णय उपर चित्त नबुझेमा आय कर ऐन २०५८ को दफा ११५(१) बमोजिम श्रीमान महानिर्देशकज्यू, आन्तरिक राजस्व विभाग लाजिम्पाट समक्ष प्रशासकीय पुनरावलोकनको लागि निबेदन दिन सक्ने व्यहोरा समेतको जानकारी गराइन्छ ।

हेर्नुहोस आराकाको पत्र

स्मरण रहोस नेपाल रेडक्रस सोसाइटी भक्तपुर र केन्द्रीय कार्यसमितिको निर्वाचनमा उम्मेद्धवारी दिन बन्चित हुने सन्त्रासले बर्तमान सभापति मनोजकुमार थापाले महानिर्देशकसामू पुनरावलोकनमा जाने बाटोलाई नअपनाई हतार हतारमा ब्याज र जरिवानासमेत बुझाउनु भएको छ । सरकारबाट जरिवनातिरेको व्यक्ति रेडक्रसको कुनैपनि पद धारणा गर्न नसक्ने कुरा कानूनविदहरु बताउँछन । यता उपमन्त्री शिवहरी केसीले चाँगुनारायण नगरपालिकाको वडा अध्यक्षबाट र रेडक्रसबाट पनि मासिक तलब खाएको भेटिएको छ ।

यसरी विनाशकानरी भूकम्पका लाभग्राहीहरुले न्यानो ओत पाउन नसकिरहेको बेला परोपकारी सँस्था रेडक्रसका पदाधिकारीहरुले रेडक्रसका आधारभूत सिद्धान्तहरु मानबता, निष्पक्षता, तटस्थता, स्वाधिनता, स्वयँसेवा, एकता र विश्वव्यापकतालाई विर्सेर खाएको अनोरियम अहिले निल्न र ओकल्न भएको छ । किनभने माघ मसान्तभित्र उपशाखा र जिल्लाहरु निर्वाचन र फाुगनु २१—२३ सम्म रेडक्रसको केन्द्रीय कार्यसमितिको निर्वाचन हुँदैछ । सरकारबाट करछलीको जरिवाना, व्याज अशुली गरे आफु निर्वाचनका लागि उम्मेद्धवार हुन बन्चित हुने देखिएपछि स्वतस्फुर्त आराकाहरुमा कर बुझिदिन अनुरोध गदै कर कार्यालय धाईरहेका बुझिएको छ । रेडक्रसमा कर नतिर्ने केन्द्रका ७ र जिल्लाका ७० जना पदाधिकारी तथा सदस्यहरु रहेका छन ।

यस्तो छ कर छलीको श्रृंखला

२०७२ साल बैसाख १२ गते गएको महाभूकम्प पश्चात १० हजार भन्दा बढी सर्वसाधरणको ज्यान गयो । लाखौँ जनता घरबारविहिन बने । भूकम्पपछि सहयोगका लागि नेपालमा धेरै विदेशी दातृ निकायले तदारुकता देखाए । नेपालमै रहेको नेपाल रेडक्रस सोसाइटीले पनि आफना सहयोगी निकायहरुको सहयोग जुटाएर उद्धार सेवा तथा राहत कार्य सञ्चालन गर्यो । तर, नेपाल रेडक्रस पदाधिकारीले उक्त भूकम्पमा आएको राहत रकममा गिद्धे दृष्टि पनि लगाउन नेपाल रेडक्रस सोसाइटी केन्द्रीय भूकम्प प्रतिकार्य सञ्चालन समितिको २०७२।३।२५ गते गठन गरी नेरेसो. केन्द्रीय पदाधिकारी र सदस्यहरुले मासिक रुपमा २०७२।०३।०१ देखि २०७५।०५।१४गतेसम्म अनोरियम भनेर घुमाउरो पाराले मासिक तलब बुझ्न थाले ।

केन्द्रका पदाधिकारीहरुले अनोरियम भनेर लिएपछि कार्यक्रम सञ्चाालित ओखलढुङ्गा, रामेछाप, सिन्धुली, ललितपुर, भक्तपुर, काठमाडौं, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, गोरखा, रसुवा, नुवाकोट, धादिङ, दोलखा र मकवानपुर जिल्ला शाखाहरुबाट विरोध हुनसक्ने भएकोले २०७२।६।११ गते देखि जिल्ला शाखाहरुका पदाधिकारी र सदस्यहरुलाई पनि मासिक रुपमा २०७५।०९।१६ गतेसम्म अनोरियम लिने काम गरियो ।

भक्तपुरका सभापति थापाको विरुद्ध लाभग्राहीको नाममा आएको रकम हिनामिना गरेको, समुदाय तथा जिल्लाभर तालीम गोष्ठी, बैठकहरुमा खाजा नास्ता खुवाउदा एक मात्र चन्द्रयणी सुइट भक्तपुरबाट मात्रै लाखौ कशिन लिएको, कर्मचारीहरु नियुक्ती हुदाँ केही महिनाको तलब कमिशन खाएको, नक्कली भर्पाइ बनाई हिसाब पेश गरेको, रेडक्रस नामबाट गैर रेडक्रसका व्यक्तिलाई अमेरिका, क्यानडा पठाएर पैसा खाएको उजुरीको चाङ्ग जिल्ला प्रशासन कार्यालय भक्तपुर परेको छ ।