जनता टाइम्स

२२ माघ २०७६, बुधबार १८:१७

भाटभटेनी संचालक गुरुङमाथी भष्टचारको मुद्दा


काठमाडौं, माघ २२

बालुवाटरस्थित ललिता निवासको सरकारी जग्गा प्रकरणमा भाटभटेनीका संचालकविरुद्ध मुद्दा दायर भएको छ । नक्कली मोही कायम गरी कीर्ते गरी किनबेच गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनिमाथी भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले बुधवार काठमाडौं विशेष अदालतमा भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङलाई ३९ करोड २७ लाख ६८ हजार रुपैयाँ बिगो दाबी गरेको छ । उनले सरकारी जग्गामा नक्कली मोही खडा गरेको, सरकारी कर्मचारीलाई पलोभनमा पारेको लगायतका अभियोग लगाइएको छ ।