काठमाडौं, २३ माघ । नेपाली कांग्रेसका उपसभापति तथा संसदीय दलका उपनेता विजयकुमार गच्छदार सांसद पदबाट निलम्बित हुनुभएको छ । ललिता निवास जग्गा प्रकरणमा संलग्नता रहेको निश्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि उहाँ स्वतः सांसदबाट निलम्बित हुनुभएको हो ।
भ्रष्टाचार मुद्दा लागेपछि प्रतिनिधिसभा नियमावली २०७५ अनुसार सांसद पदबाट स्वतः निलम्बित हुने व्यवस्था रहेको छ ।
अख्तियारले भ्रष्टाचार मुद्दद्दा दायर गर्ने संकेत पाएपछि कांग्रेस उपसभापति विजय गच्छदार बुधबार दौडधुपमा ह्ुनुहुन्थो । बिहान बालुवाटार पुगेर प्रधानमन्त्री केपी ओलीलाई भेटेका गच्छदारले दिउँसो कांग्रेस सभापति शेरबहादुर देउवालाई उहाँकै निवास बूढानीलकण्ठमा पुगेर भेट्नु भएको थियो ।
गच्छदारको सचिवालयका अनुसार गच्छदार अपराह्न ४ देखि ६ बजेसम्म पुनः देउवानिवास बूढानीलकण्ठमा हुनुहन्थो । गच्छदारलाई मुद्दा लागेपछि कुनै समयको प्रभावशाली समूह ‘केजीबी’ अख्तियारको फन्दामा परेको छ । ०४८ पछि खुमबहादुर खड्का, गोविन्दराज जोशी र विजय गच्छदारलाई केजीबी समूहका रूपमा चिनिन्थ्यो र यो समूह कांग्रेसमा प्रभावशाली मानिन्थ्यो ।’ अख्तियारकै मुद्दामा खुमबहादुर जेल बसे, गोविन्दराज मुद्दा सर्वोच्चमा छ भने गच्छदारविरुद्ध पनि मुद्दा दायर भएको छ ।
प्रतिक्रिया दिनुहोस्