काठमाडौं ।
सरुवाको विषयलाई लिएर उद्योगमन्त्रालयमा मन्त्री र कर्मचारीविच नै असहज अवस्था पैदा भएको छ । आफुलाई भनेको ठाउमा सरुवा नगरेको भन्दै मन्त्रालय पुगेका नेपाली कांग्रेस निकट कर्मचारी संघका नेताहरुले अश्लिल गालि गर्दै हातपातमा उत्रिएको स्रोतले जनाएको छ ।
मन्त्रालयका सहसचिव शोभाकर रेग्मी सरुवा भएर उद्योग विभाग जान माग गरेका थिए । तर उनका ठाउँमा विनोद खड्कालाई पठाइएको थियो । रेग्मी कांग्रेस निकट कर्मचारी हुन् । उनले आफु सरुवा भएर जान पाउनुपर्ने ठाउमा खड्कालाई पठाइएको भन्दै मन्त्रालयमा पुगेर हुलहुज्जत गरेका थिए । भनेको ठाउमा सरुवा नभएपछि मन्त्रीको निजी सचिव प्रेम आचार्यले घूस खाएर आफूहरुलाई अर्कै ठाउमा सरुवा गरिएको आरोप लगाउँदै विरोधमा उत्रिएका हुन् ।
कांग्रेस निकट कर्मचारीहरु उपसचिव रेग्मी, शाखा अधिकृत विश्वबन्धु रेग्मी लगायतका समूह निजी सचिव आचार्यले घूस खाएको भन्दै उनकै कार्यकक्षमा होहल्ला गर्न पुगेका थिए। उनिहरुको नेतृत्व भने कांग्रेस निकट कर्मचारी युनियनका उपाध्यक्ष सुरेन्द्र भण्डारीले गरेका थिए ।
घूस लिई सरुवा गरेको भन्दै निजी सचिव आचार्य र कर्मचारीबीच भनाभन भएपछि कार्यकक्षमा रहेका मन्त्री यादव जंगिँदै बाहिर निस्केनु भएको थियो । मन्त्री यादवले झगडा गर्ने को हो, घूस खाको भन्ने ? प्रमाण के छ पुष्टि गर। नत्र थुन्छु भनेर ढोका लगाउन निर्देशन दिनु भयो । त्यसपछि त्यहा रहेका ५÷६ जना कर्मचारीहरु भागभाग गरेका थिए । सो क्रममा उनिहरुले मन्त्री यादवलाई अश्लिल शब्द समेत प्रयोग गरेपछि हात हालहालको अवस्थासम्म पुगेको स्रोतले दावी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्