जनता टाइम्स

१ जेष्ठ २०७६, बुधबार १८:५१

भष्ट्रचार काण्डमा मुछिएका राजनारायणसँग ७८ लाख धरौटी माग


काठमाडौं ।

विशेष अदालत काठमाडौंले ७८ लाख रुपैयाँ घुस प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन आयुक्त राजनारायण पाठकलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यहरु द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको हो । ७८ लाख घुस लिएको अभियोगमा भ्रष्टाचारको मुद्दा खेपिरहेका पाठकसँग ७८ लाख नै धरौटी माग गरेको हो। उनलाई बैंक ग्यारेन्टीमा रिहा गर्न अदालतले बिगो बराबरको धरौटी माग गरेको हो । नेपाल बंगलादेश बैंकको बैंक ग्यारेन्टीपछि पाठकलाई रिहा गर्न प्रक्रिया अघि बढाइएको विशेषले जानकारी दिएको छ।