जनता टाइम्स

८ फाल्गुन २०७६, बिहीबार ०९:४२

आज देशभरिकै मौसम पूर्णरुपमा नखुल्ने : शुक्रबार पानी र हिउँ पर्ने


काठमाडौँ, फागुन ८ ।  आज देशभरिकै मौसम पूर्णरुपमा नखुल्ने मौसमविद्ले बताएका छन् ।

पश्चिमी वायुको प्रभावले बिहीबार देशभरिकै मौसम एकैछिन खुलिहाले पनि फेरि बादल लाग्ने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार दिउँसो पहाडी क्षेत्रको थोरै ठाउँमा हल्का पानी र उच्च पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा हिमपातको सम्भावना छ । यस्तै बिहीबार रातिदेखि यो प्रणाली अझै सक्रिय हुने देखिएकाले राति देशभरिकै मौसम बदली भइ केही ठाउँमा पानी र हिउँ पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जनता टाइम्सलाई जानकारी दिनुभयो । बिहीबारभन्दा शुक्रबार देशका धेरै ठाउँमा हिउँ र पानी पर्ने छ । शनिबारदेखि भने मौसम बिस्तारै खुल्दै जाने मौसमविद् पौडेलको भनाइ छ ।