जनता टाइम्स

८ फाल्गुन २०७६, बिहीबार १३:५३

सञ्चारमन्त्री बाँस्कोटाको अडियो प्रकरणबारे अध्यक्षद्वय ओली–प्रचण्डबीच छलफल, यस्तो आयो निश्कर्ष


काठमाडौं, फागुन ८ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको कमिशन डिलको अडियो सार्वजनिक भएको बिषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा अध्यक्षद्वय ओली र प्रचण्डबीच यस बिषयमा छलफल भएको हो ।

भेटमा सरकारका प्रवक्ता एवम् सञ्चार मन्त्री बाँस्कोटाको अडियो प्रकरणबारे कुराकानी भएको र मन्त्री बाँस्कोटासँग यस बिषयमा जानकारी लिएपछि निर्णय लिने सहमति भएको छ । ‘मन्त्रीको अडियो प्रकरणबारे जानकारी लिएर आवश्यक निर्णय लिने सहमति दुवै अध्यक्षबीच भएको छ,’ बालुवाटार स्रोतले भन्यो । स्रोतका अनुसार ओली र प्रचण्डबीच ‘मन्त्री बास्कोटा काठमाडौं फर्किएपछि यसबारे सोध्ने र त्यसपछि के गर्ने भन्ने विषयमा निर्णयमा पुग्ने’ सहमति भएको छ ।