काठमाडौं, फागुन ८ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नैतिकताको आधारमा पदबाट राजीनामा दिएको बताउनु भएको छ । कैलालीबाट फर्किएर सिधै बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई सञ्चारमन्त्री बाँस्कोटाले राजीनामा पत्र बुझाउनु भएको हो ।
राजीनामा पत्र बुझाएपछि बाँस्कोटालेअ ाफूमाथि प्रश्न उठेकोले राजीनामा दिएको जानकारी गराउनु भएको हो । सेकुरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा कमशिन मागेको अडियो सार्वजनिक भएपछि नैतिकताको आधारमा राजीनामा दिएको बाँस्कोटाको भनाई छ । ‘मेरो बारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँदछु, धन्यवाद,’ बाँस्कोटाले भन्नुभएको छ ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा सञ्चारमन्त्री बाँस्कोटा र स्वीस कम्पनीका नेपाली एजेण्ट भनिएका विजय प्रकाश मिश्रबीच भएको ‘कमिसन डिलिङ’को अडियो सार्वजनिक भएपछि उहाँलाई प्रधानमन्त्री ओलीले बालुवाटार बोलाएर राजीनामा दिन लगाउनु भएको हो । सरकारले सुरुमा स्वीस कम्पनीलाई दिने भनिए पनि पछिल्लो समयमा जर्मनी कम्पनीलाई दिन लागिएपछि अडियो सार्वजनिक भएको थियो ।
प्रतिक्रिया दिनुहोस्