जनता टाइम्स

८ फाल्गुन २०७६, बिहीबार १७:०९

स्विस दूतावासले भन्यो : स्वीट्जरल्यान्डको नेपालमा कुनै एजेण्ट छैन (विज्ञप्तीसहित)


काठमाडौं, फागुन ८

नेपालस्थित स्वीट्जरल्यान्ड दूतावासले नेपालमा आफ्नो कुनै एजेन्ट नभएको स्पष्ट पारेको छ । ‘सेक्युरिटी प्रेस’ खरिद प्रक्रियामा दूतावासको कुनै संलग्नता नरहेको र नेपालमा पनि कुनै एजेन्ट नरहेको स्पष्ट पारेको हो ।

सरकारले ल्याउन लागेको ‘सेक्युरिटी प्रेस’ खरिद प्रक्रियामा स्वीस कम्पनीका एजेन्टसँग ७० करोड घुस मागेको अडियो सार्वजनिक भएको काण्ठमा आफ्नौ कुनै संलग्नता नभएको नेपालस्थित स्वीट्जरल्यान्ड दूतावासले स्पष्टीकरण दिएको छ । राजदूतावासले बिहीबार विज्ञप्ति जारी गर्दै उक्त सेक्युरिटी प्रेस खरिदका विषयमा राजदूतावासले मन्त्री गोकुल बाँस्कोटालाई आग्रह नगरेको र अहिलेसम्म कुनै बैठक नगरेको पनि जनाएको छ ।

यो खरिद प्रक्रियामा स्वीस कम्पनीको नेपाल एजेन्ट भनिएका व्यक्तिसँग कुनै ‘डिल’ वा सम्बन्ध नभएको स्पष्ट पारेको छ ।