जनता टाइम्स

१० फाल्गुन २०७६, शनिबार ०७:०८

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण देशभरको मौसम बदली


काठमाडौँ, फागुन १० । – पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण देशभरको मौसम बदली भएको छ।

अहिले देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्व तथा पश्चिमका थोरै स्थानमा हल्का वर्षा पनि भएको मौसमविदले बताएका छन् । शनिबार दिउँसो देशको पूर्वी भूभागसहित मध्य तथा पश्चिमका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुनेछ । यस्तै बाँकी भूभागमा आंशिक बदली हुने मौसमविदले बताएका छन् ।

पूर्वी पहाडी क्षेत्रका थोरै स्थान, पश्चिमी तथा मध्य पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । पूर्वका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् । राति देशभरका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँही भेगको मौसम सामान्यतया सफा जनाइएको छ।