जनता टाइम्स

१० फाल्गुन २०७६, शनिबार ०९:०४

पानी परेपछि काठमाडौंको प्रदूषण घट्यो


काठमाडौं, फागुन १० । आज ( शनिबार) पानी परेपछि काठमााडौंको प्रदूषण केही घटेको छ । शुक्रबार रत्नपार्कको हावाको गुणस्तर सूचकांक अक्वा १ सय ६६ माइक्रोग्राम प्रति मिटर क्यूब पुगेकोमा पानी परेपछि गएको २४ घण्टामा रत्नपार्कको अक्वा १ सय ३१ दशमलव १२१ माइक्रोग्राम प्रति मिटर क्यूबमा झरेको वातावरण विभागले जनाएको छ । विश्व स्वास्थ्य संगठनले हावाको गुणस्तर सूचकांक अक्वा १ सय ४० सम्म मानिस बस्न योग्य हुने मापदण्ड बनाएको छ । अक्वा १ सय ४० भन्दा माथि रहे बसोबासका लागि अयोग्य हुने उसको निष्कर्ष छ । काठमाण्डौ उपत्यकामा गाडी र कलकारखानाको धुलोसँगै आगोबाट निस्कने धुवाँ प्रदूषणको मुख्य कारक हुन् ।