जनता टाइम्स

११ फाल्गुन २०७६, आईतवार ०७:३०

आज जन्मदिन मनाउन प्रधानमन्त्री ओली तेह्रथुम जन्मघरमा : यस्तो छ तयारी


काठमाडौं, फागुन ११ । प्रधानमन्त्री केपी शर्मा ओली यो वर्षको आफ्नो जन्मदिन जन्मघरमै पुगेर मनाउने तयारी गर्नु भएको छ । आज फागुन ११ गते परेको आफ्नो जन्मदिन मनाउन ओली इवाको सल्ले जानुहुनेछ । प्रधानमन्त्री ओली ६९ वर्ष अघि तेह्रथुमको आठराई गाउँपालिका–४ सल्लेमा जन्मिनुभएको हो । पहिलो पटक प्रधानमन्त्री आफ्नो गाउँ आउन लागेको थाहा पाएर स्थानिय निकै उत्साहित भएका छन् ।

ओली जन्मिएको पहाडी घर विक्रिभइसकेको थियो । तर आफ्नो थातथलो संसक्षण गर्न प्रधानमन्त्री ओलीले केही वर्ष अघि किन्नुभएको थियो । २०२४ सालमा ओलीका पिता मोहनप्रसाद साढे ११ हजार रुपैयाँमा सो घर बिक्री गरेर झापा झर्नुभएको थियो । तर प्रधानमन्त्री ओलीले सोही घर र घर रहेको ३० रोपनी जग्गा समेत साढे १० लाख रुपैयाँमा किन्नुभएको हो । बुबा मोहनप्रसादले पहाडको घर किन्ने आग्रह गरेपछि प्रधानमन्त्रीले बुवाको इच्छा पुरा गर्नुभएको हो । प्रधानमन्त्री ओलीको हालको स्थायी ठेगाना भने भक्तपुरको बालकोट हो।

१२ वर्ष अघि म्रिगौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली दोस्रो पटक पनि म्रिगौला प्रत्यारोपणको तयारीमा हुनुहुन्छ । प्रधानमन्त्री ओलीले आफ्नो जन्मदिन जन्मघरमै गएर मनाउने चाहना राखेपछि त्यसको तयारी गरिएको हो। घर नजिकै हेलिप्याड निर्माण गरिएको छ भने बाटो पनि बनाईएको छ । आजै प्रधानमन्त्रीले पाँचथर र तेह्रथुममा खानेपानी तथा सडक आयोजनाको शिलान्यास समेत गर्नुहुने छ । ‘पाँचथरमा खानेपानी आयोजना र तेह्रथुममा सडक उद्घाटन सहित प्रधानमन्त्रीले आफ्नो जन्मदिन मनाउनुको साथै ओलीले आफ्नो जन्मस्थल सल्लेबाट ताप्लेजुङको ढुंगेसाँघु जोड्ने सडकको शिलान्यास समेत गर्नुहुनेछ ।