जनता टाइम्स

११ फाल्गुन २०७६, आईतवार ०८:३६

त्रिशूली नदीमा ट्रक खस्दा चालकको ज्यान गयो


धादिङ, फागुन ११ । त्रिशूली नदीमा ट्रक खस्दा चालकको ज्यान गएको छ । नदीमा ट्रक खस्दा चालक बिर्खे थोकरको ज्यान गएको हो भने सहचालक घाइते भएका छ।

धादिङको बेनिघाट रोराङ गाउँपालिका ९ को ज्यामिरेघाटबाट आइतबार बिहानीपख ना ५ ख ३७७७ नम्बरको सिमेन्ट बोकेको ट्रक त्रिशूलीमा खस्दा घाइते भएका मकवानपुर भिमफेदी २ भैसेँका चालक थोकरको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा ज्यान गएको प्रहरीले जनाएको छ । घाइते सहचालक सप्तरी रुपनगरका राजेश विक भने उपचारपछि घर फर्किएका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो ।