काठमाडौं, फागुन ११
७० करोडको डिल भएको भनि दावी गर्दै अडियो सार्वजनिक गर्ने विजयप्रकाश मिश्रले सो अडियो प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफुले नदिएको बताएका छन् । मिश्रले बाहिर आएको यो विषय गलत भएको बताएका हुन् ।
एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा उनले प्रधानमन्त्रीकोमा अडियो आफुले नदिएको स्पष्ट पारेका हुन् । ‘तपाईले यो टेप विभिन्न नेतालाई पनि सुनाउनु भयो ? प्रधानमन्त्रीकोमा पनि पुगेको छ यो टेप ?’ भनि सोधिएको प्रश्नमा मिश्रले भने,‘मैले प्रधानमन्त्रीलाई दिएको छैन । यो कुरा तपाईहरुलाई स्पष्ट पार्न चाहान्छु ।’ उनले यो समाचार गलत भएको बताए ।
‘प्रधानमन्त्री दिएको भन्ने कुरा त बाहिर आयो नि त ? प्रधानमन्त्रीले त दुई महिना अघि नै पाउनु भएको थियो भनेर ?’ भन्ने प्रश्नमा मिश्रले भनेका छन्, ‘हैन हैन, मैले प्रधानमन्त्रीलाई दिएको छैन, प्रधानमन्त्रीले कोही मार्फत पाउनु भयो भने त्यो छुट्टै कुरा हो, तर मैले प्रधानमन्त्रीलाई दिएको छैन ।’
मिश्रले आफु स्विस एजेन्ट समेत नभएको स्पष्ट पारेका छन् । केही सञ्चारमाध्यमले आफुलाई स्विस एजेन्ट भनेर प्रचार गरेकोमा पनि आपत्ति जनाए । मिश्रले सञ्चारमन्त्रीका रुपमा गोकुल बाँस्कोटा आउनु भन्दा अगाडी बाटै यो घोटला शुरु भएको र त्यस घोटलामा उहा पनि पर्नुभएको दाबी समेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्