जनता टाइम्स

१२ फाल्गुन २०७६, सोमबार ०८:५०

केक विवाद : विश्वका अरु देशमा पनि काटिन्छ नक्सा र झण्डाअंंकित केक (फोटो फिचर)


काठमाडौं, १२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको ६९औं जन्मदिनको अबसरमा उहाँकै जन्मथलो तेह्रथुममा काटिएको केकको विषयमा यतिबेला सामाजिक संजालमा चर्को विवाद भइरहेको छ । केक काटेर जन्मदिन मनाउने चलन हामी नेपालीको चलन नभएर विदेशी अर्थात पश्चिमी मुलुकको संस्कृति अगांलेका हामी नेपालीले विश्वका अरु देशका राष्ट्र र सरकार प्रमुखको जन्मदिनमा कस्तो केक काटीन्छ र जन्मदिन कसरी मनाईन्छ भन्ने जान्न जरुरी छ ।
केक विदेशी संस्कृति हो र विदेशमा केकमा विदेशको फोटो राखेर काढ्ने चलन पनि छ । सामान्य जानकारी विना नै आलोचना र विवाद गरेर समय खर्चिनु त्यति उचित नहोला ।