जनता टाइम्स

१३ फाल्गुन २०७६, मंगलवार १४:५१

गृहमा सुरक्षा निकायको आकस्मिक बैठक : गम्भीर सूचना आएको भन्दै मन्त्रीले दिए सतर्क रहन निर्देशन


काठमाडौं, फागुन १३ । गृहमन्त्री रामहादुर थापाले आकस्मिक बैठक डाकेर सुरक्षामा उच्च सतर्क रहन निर्देशन दिनुभएको छ ।  गृह मन्त्रालयमै सुरक्षा निकायका प्रमुखका प्रमुखहरुको बैठक राखेर मन्त्री थापाले सो निर्देशन दिनुभएको हो ।

बैठकमा गृहसचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसहित काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी र महानगरीय प्रहरी कार्यालयका प्रमुखको उपस्थिति थियो ।

सो अवसरमा गृहमन्त्री थापाले उपत्यकाबाहेक अन्य जिल्लामा समेत घटना हुन सक्ने भन्दै गम्भीर भएर योजनाबद्ध ढंगले सतर्क रहन निर्देशन दिनुभएको हो । ‘केही गम्भीर सूचना आएका छन, उच्च सुरक्षा सतर्कतामा रहनु होला,’ मन्त्री थापाको निर्देशन उधृत गर्दै सहभागी एक अधिकारीले जनताटाइम्ससँग भने ।