जनता टाइम्स

१४ फाल्गुन २०७६, बुधबार ०७:२६

ऐतिहासिक र साँस्कृतिक महत्त्वलाई संरक्षण गर्न प्रधानमन्त्रीको निर्देशन (फोटोफिचर)


काठमाडौं, फागुन १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट क्षति भई प्रबलीकरण कार्य जारी रहेको केशरमहलको अवलोकन गर्नुभएको छ । मंगलवार उहाले उक्त अवसरमा केशरमहलको ऐतिहासिक र साँस्कृतिक महत्त्वलाई संरक्षण गर्न निर्देशन दिनुभयो ।

प्रधानमन्त्री ओलीले केशर पुस्तकालय र स्वप्न बगैँचाको पनि अवलोकन गर्नुभयो । पुस्तकालयको अवलोकनपछि उहाँले आगन्तुक पुस्तिकामा केशर पुस्तकालयको संरक्षण र सदुपयोग गरौ भन्ने सन्देश समेत लेख्नुभयो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले केशरमहललाई पहिलेकै स्वरुप कायम गर्ने गरी प्रवलीकरण गर्ने र राष्ट्रियस्तरको कला केन्द्रका रुपमा विकास गर्ने योजना रहेको जानकारी गराउनुभयो । ५९ करोड ५० लाख रुपैयाँको ठेक्का सम्झौता रहेको केशरमहलको प्रबलीकरण २०७८ साल मङ्‌सिरसम्ममा सम्पन्न गर्ने लक्ष्य छ।