जनता टाइम्स

१४ फाल्गुन २०७६, बुधबार ०९:०५

सरकारको प्रवक्तामा खतिवडा नियुक्त


काठमाडौं, फागुन १४

सरकारको प्रवक्तामा अर्थमन्त्री युवराज खतिवडा नियुक्त हुनु भएको छ । तत्कालिन सूचना तथा संचारप्रविधि मन्त्री गोकुल बाँस्कोटाले राजिनामा दिएपछि उहाको स्थानमा खतिवडालाई प्रवक्ता नियुक्त गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संचार मन्त्रालयको जिम्मेवारी पनि हेर्ने गरी उहालाई केहीदिन अघि नियुक्त गर्नुभएको थियो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खतिवडालाई प्रवक्ता नियुक्त गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिनु भएको छ । मन्त्री खतिवडाले आउदो विहिवार सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्नुहुने मन्त्रिपरिषद् कार्यालयले जानकारी दिएको छ ।