जनता टाइम्स

१४ फाल्गुन २०७६, बुधबार १३:२३

बामदेवलाई राष्ट्रिय सभामा लैजाने नेकपाको निर्णय, कार्यदल भने तुहियो


काठमाडौं, फागुन १४

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको छ ।

बुधबार बिहान प्रधानमन्त्री निवासमा बसेको सचिवालय बैठकले गौतमलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको हो ।

यसअघि निर्वाचनमा उठ्न गरिएको आग्रहलाई अस्विकार गर्नुभएका गौतमले मनोनितमा भने जान स्विकार गर्नुभएको छ । बैठकले संविधान संशोधनका लागि कार्यदल बनाउने यसअघिको सहमतिलाई भने अस्विकार गरेको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार सो कार्यदल बनाउने कि भनेर गरिएको सहमतिलाई कार्यन्वयनमा नलैजाने निर्णय भएको बताउनु भयो ।