जनता टाइम्स

१४ फाल्गुन २०७६, बुधबार २१:१९

‘प्रधानमन्त्रीले राष्ट्रपतिलाई संकटकालीन अधिकार दिने र राष्ट्रियसभामा सिट संख्या थप्ने प्रस्ताव राख्नुभएको छैन’


काठमाडौं, फागुन १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी सचिवालय बैठकमा राष्ट्रपतिलाई संकटकालीन अधिकार दिने र राष्ट्रिय सभामा सिट संख्या थप्ने जस्ता कुनै पनि प्रस्ताव नराख्नु भएको उहाँको सचिवालयले प्रष्ट पारेको छ ।

केही मिडियाले प्रधानमन्त्रीले सचिवालय बैठकमा यस्तो प्रस्ताव राखेको भन्दै समाचार दिएपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सो समाचार झुटो भएको बताउनु भयो । नेकपाले संबिधान संशोधन कार्यदल गठन गरेको समाचार आएपछि चौतर्फी बिरोध भएको बेला प्रधानमन्त्री ओलीले नै सचिवालय बैठकमा राष्ट्रपतिलाई संकटकालीन अधिकार दिने र राष्ट्रिय सभामा सिट संख्या थप्ने प्रस्ताव गर्नुभएको दावी गर्दै आएको समाचारमा कुनै सत्यता नरहेको थापाले प्रष्ट पार्नुभयो ।

यस्तो छ प्रेस सल्लाहकार थापाको भनाई
पार्टी सचिवालय बैठकमा प्रधानमन्त्री एबं अध्यक्ष केपी शर्मा ओलीले ूराष्ट्रपतिलाई संकटकालीन अधिकार दिने र राष्ट्रिय सभामा सिट संख्या थप्नेूजस्ता कुनै पनि प्रस्ताव राख्नु भएको छैन। आजको एक दैनिकमा छापिएको यसप्रकारको समाचारमा कुनै सत्यता नभएको व्यहोरा जानकारी गराउन चाहन्छु ।