काठमाडौं, फागुन १५ । सचिवालयको निर्णय कार्यान्वयन नभए पार्टी छाडनु पर्ने अभिब्यक्ति दिनुहुने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बष्ठि नेता झलनाथ खनालले पनि पार्टीको संस्थागत निर्णयबिपरित निर्णय गर्नुभएको पाइएको छ । तातकालिन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष खनालकै अध्यक्षतामा बेको स्थायी कमिटी बैठकले गरेको दुई निर्णयलाई खनालले अस्वीकार गरी अर्कै निर्णय गर्नुभएको थियो ।
खनाल नेतृत्वको सरकार रहेको बेला पार्टी अध्यक्षसमेत आफै रहनुभएको बेला उहाँकै अध्यक्षतामा बसेको बैठकले गृहमन्त्री बिष्णु पौडेललाई बनाउने र त्रिभुवन बिश्वबिद्यालयको उपकुलपतिमा उपेन्दै कोइराला बनाउने निर्णय गर्यो । बैठकमा उहाँले कुनै असहमति पनि राख्नुभएन । तरनिर्णय भने कार्यान्वयन गर्नुभएन । उहाँले पौडेललाई गृहमन्त्री पनि बनाउनु भएन । त्रिबिको उपकुलपतिमा हिरा महर्जनलाई बनाउनु भयो ।
बुधवार प्रधानमन्त्रीलाई अप्ठ्यारो पार्न सचिवालयले गरेको निर्णय नमाने पार्टी प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी छाडनु पर्ने अभिब्यक्ति दिनुभएका खनालले आफ्नो पालामा नमानेको यस घटनाले नेकपामा रहेका खासगरीपूर्वएमालेका नेता कार्यकर्ता अहिले संझिरहनुभएको छ । त्यसबेला खनालले सरकारले पार्टीको सवै निर्णय लागू गर्न सक्दैन, प्रधानमन्त्रीको सुप्रिमेसी रहन्छ भन्दै पार्टीको संस्थागत निर्णय अस्वीकार गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्