जनता टाइम्स

१५ फाल्गुन २०७६, बिहीबार १२:२१

खतिवडालाई हटाउन लागेका भनिएका व्यापारी को हुन् ? यस्तो छ उनिहरु र अर्थमन्त्रीबीचको सम्बन्ध


काठमाडौं, फागुन १५

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा अर्थमन्त्रीका रुपमा काम गरिरहेका डा. युवराज खतिवडाको कार्यकाल फागुन २० गते सकिदैछ । खतिवडालाई पुन: मनोनिनत नगरे ६ महिनापछि पदबाट स्वतह मुक्त हुनेछन् ।

पछिल्लो दुई वर्षमा अर्थक्षेत्रमा देखिएको वेथितिलाई कसिलो बनाउदै राज्यलाई कानुनी शासनको दायरामा ल्याउन खतिवडाले खेलेको भूमिका स्पष्ट छ । खतिवडाको भूमिकाबाट विगतमा विभिन्न छली र राज्य संयन्त्रका उच्च ओहोदाका व्यक्तिबाट लाभ लिदै आएका व्यापारी भयमा छन् । कानुनी रुपमा उनिहरु अहिले चलखेल गर्न सक्ने अवस्थामा छैनन् ।

जसले गर्दा राज्यलाई तिनुपर्ने करबाट उनिहरुले उन्मुक्ति पाउन सक्दैन् । गैरकानुनी बाटोबाट उनिहरुलाई फाइदा लिन सरकारले कसेको छ । त्यसैले सो समुहले अहिले अर्थमन्त्रीबाट खतिवडालाई हटाउन हरेक उपाय अपनाइरहेको छ ।

त्यो समुहमा नेपालका एकमात्र अर्बपति बिनोद चौधरी, गैरआवासीय नेपाली संघ(एनआरएनए)का संस्थापक अध्यक्ष तथा अर्का अर्बपति व्यवसायी उपेन्द्र महतो र पछिल्लो एक दशकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको नाम भजाएर ह्वात्तै माथि आएका अजेयराज सुमार्गी हुन् ।

नेपाली कांग्रेसबाट समानुपातिक सांसद् भएका चौधरी र सरकारबीचको विवाद केही पहिलादेखी चर्चामा रहेको छ । चौधरीले संचालन गरेको मोबाइल सेवा प्रदायक कम्पनीलाई युनिफाइड लाइसेन्स नदिएपछि चौधरी र सरकारबीच विवाद भएको हो । अनुदानमा आएको रकमको छानविन गर्ने सरकारले तयारी गरिरहँदा चौधरीले अर्थमन्त्री खतिवडा हटाउन लागि परेका छन् । चौधरीको टेलिकम कम्पनीलाई प्रचण्ड नेतृत्वको सरकारले कामचलाउ भएपछि टेलिफोन सेवा चलाउन युनिफाइड लाइसेन्स दिएको थियो । तर, वर्तमान सरकारले सबै प्रक्रिया पुरा गरेर आएमात्र सो लाइसेन्स दिनसकिने भन्दै रोक लगाएको छ । पहिलो प्रचण्डले दिएको लाइसेन्स ओली नेतृत्वको सरकारले रोकपछि चौधरी रुष्ट छन् ।

अर्का व्यवसायीपनि नेपालमा टेलिकम क्षेत्रका ठूला व्यवसायी नै हुन् । रसियामा व्यापार गरेर उदाएका महतो नेकपा निकट नै व्यवसायी हुन् । उनका बहिनी ज्वाँई रघुबिर महासेठलाई ओलीले भौतिक योजना तथा पूर्वाधारमन्त्री बनाउनु भएको थियो । तर, केही समयअघि महासेठलाई हटाइएको थियो । नेपालमा टेलिकमको बिजनेशमा कुनै न कुनै रुपमा महतो जोडिन्छन् । उनको अहिले युटिएल नामको टेलिकम कम्पनीमा लगानी छ । जसले लाइसेन्स पाएपछि सेवा विस्तार गरेको छैन । सरकारले यसलाई तिनुपर्ने रोयल्टीमा समेत छुट दिएको छ ।

अर्का व्यवसायी अजेयराज सुमार्गी हुन् । जसमा अर्थमन्त्री खतिवडाले देखिने गरेर उनलाई असजिलो पारेका थिए । सुमार्गीको स्रोत नखुलेको बाहिरबाट ल्याएको पैसा खतिवडा गभर्नर हुँदा नै रोकिएको थियो । सुमार्गी व्यवसायिक रुपमा पछिल्लो दशकमा उदाएका व्यवसायी हुन् । उनको पनि हेल्लो नेपाल ब्राण्डको टेलिकम कम्पनी छ । सुमार्गीको रकमका विषयमा सर्वोच्च अदालतले पनि पटक पटक फैसला गरेको छ । खतिवडाको एक एक्सनले गर्दा उनले अवैध रकमलाई बैध बनाउन सकेका छैनन् ।

यसैगरी यस्ता अन्य केही व्यापारी पनि छन् । जसको अवैध कमाईमा खतिवडा तगारो बनेका छन् । उनिहरुको पहिलो प्रयास खतिवडालाई हटाउन पाए अब आउने अर्थमन्त्रीलाई सजिलै आफ्नो हातमा लिन सकिने विश्लेषण रहेको छ ।