जनता टाइम्स

१६ फाल्गुन २०७६, शुक्रबार १३:३६

वामदेव गौतमलाई प्रदीप नेपालको कठोर प्रश्न


काठमाडौं, फागुन १६ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता प्रदीप नेपालले राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रियसभा सदस्यका लागि उपाध्यक्ष बामदेव गौतमलाई सिफारिश गर्न पार्टी सचिवालयले गरेको निर्णयप्रति कडा आपत्ति जनाउँदै इतिहासमा सुनौलो अक्षर लेख्ने बाटोतिर लाग्न गौतमलाई सुझाव दिनुभएको छ । चुनाव हारेका ब्यक्तिलाई मनोनीत गरेर संसदमा छिर्ने कुरा कल्पनाबाहिर रहेको संकेत गर्दै नेता नेपालले यस्तो सुझाउनु भएको हो ।

उपप्रधान तथा गृहमन्त्री हुँदा गौतमकै सल्लाहकार रहनुभएका नेता नेपालले पछिल्लो खेलले उपाध्यक्ष गौतमकै प्रतिष्ठा घटेको आफ्नो निश्कर्ष सुनाउनु भएको छ । हतियार माफिया र नेकपाको बिरुद्धमा लागेका केही ब्यापारिक घरानाको योजनामा अर्थमन्त्री डा. युवराज खतिवडालाई हटाउनका लागि मात्रै उपाध्यक्ष गौतमलाई मनोनीत गराउने षडयन्त्रको पोल खुलेलगत्तै नेपालले गौतमलाई सुनौलो इतिहासमा नाम लेख्न नमिल्ने नै भयो भन्दै प्रश्न गर्नुभएको छ ।

‘वामदेव कमरेड, नेकपाको इतिहासमा सुनौला अक्षरमा तपाईंको नाम लेख्न नमिल्ने नै भयो ?,’ पूर्वमन्त्रीसमेत रहनुभएका नेता नेपालले भन्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अघि बढाएको समृद्ध नेपाल, सुखी नेपालीको अभियान असफल बनाउन हतियार माफिया, केही ब्यापारिक घराना र बिदेशबाट कालो धन ल्याउनहरु लागेका छन । उनीहरुले नै खतिवडा हटाएर आफ्नो लुटको धन्दा अघि बढाउन उपाध्यक्ष गौतमको कार्ड फालेको तथ्य खुलिसकेको छ । हतियार तस्करले अर्थमन्त्री खतिवडा फेर्ने डिजाइन बनाएको पोल खुलेपछि निर्णयकर्ता नेताहरुसेत आफ्नै बचाउमा लाग्नुपरको छ ।