जनता टाइम्स

१६ फाल्गुन २०७६, शुक्रबार १४:३०

प्रधानमन्त्री ओलीको पक्षमा उभिए युवा नेता बिष्णु रिजाल : झलनाथ खनाललाई दिए कडा काउन्टर


काठमाडौं, फागुन १६ । अर्थमन्त्री डा. युवराज खतिवडालाई हटाउन रचिएको खेलले नेकपाभित्र नयाँ ध्रुविकरण बनेको छ । अहिलेसम्म प्रायः पूर्वसमुहका नेताहरुको वरिपरि रहेर धारणा राख्ने नेकपा केन्द्रीय कमिटीका सदस्यहरुले यस बिषयमा मुख खोल्दै गुटभन्दा माथि देखिएका छन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई असफल बनाउन यो षडयन्त्र रचेको जानकारी पाएपछि नेता कार्यकर्ताहरुले आफ्नो अडान सार्वजनिक गरेका छन ।

अर्थमन्त्री हटाएर मुलुकको दोहन गर्ने योजनाका साथ अर्थमन्त्री युवराज खतिवडा हटाएर मुलुकको दोहन गर्ने कांग्रेस सांसद तथा अर्वपति ब्यापारी बिनोद चौधरी, गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो, हतियार ब्यापारी रहेका नेकपा उपाध्यक्ष बामदेव गौतमका घरभेटी दीपक भट्ट र बिदेशबाट कालोधन ल्याउने ब्यापारी अजेयराज सुमार्गीको चक्रब्यूहमा नेकपा सचिवालयका नेताहरु फसेको पोल खुल्न साथ सवै एकजुट बनेका हुन । यही क्रममा प्रदीप नेपालले मुख खोल्दै ‘वामदेव कमरेड, नेकपाको इतिहासमा सुनौला अक्षरमा तपाईंको नाम लेख्न नमिल्ने नै भयो ? भन्ने कठोर प्रश्न राख्नभएको छ भने बरिष्ठ नेता माधवकुमार नेपालका किचेन क्याविनेटका सदस्यका रुपमा रहनुभएका केन्द्रीय सदस्य बिष्णु रिजाल पनि प्रधानमन्त्री ओलीको बचाउमा उत्रनुभएको छ ।

रिजालले बरिष्ठ नेता झलनाथ खनालको सार्वजनिक टिप्पणीलाई लिएर कडा प्रहार गर्नुभएको छ । खनालले प्रधानमन्त्री नहुने अवस्थासम्म राष्ट्रिय सभामा जाँदै जान्न भन्दै डाठै अस्वीकार गर्नुभएका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रपतिबाट मनोनीत गरी राष्ट्रियसभामा लैजानै पर्ने निर्णय कार्यान्वयन नगरे पार्टी छाडे हुन्छ भन्नुभएको थियो । खनालको सो भनाईलाई रिजालले आपत्ति जनाउँदै कठोर प्रश्न पनि गर्नुभएको छ । ‘बरिष्ठताका आधारमा’ मा बढुवा खाएको व्यक्तिले नै छ महिनाको परीक्षण काल पनि समाप्त नहुँदै कार्यालय प्रमुखलाई नै ‘तपाईं यस कार्यालयबाट बाहिरिए हुन्छ’ भनेमा कस्तो सुनिन्छ होला ?,’ खनालको अभिब्यक्तिको कडा प्रतिवाद गर्दै रिजालले लेख्नुभएको छ । खनाल ६ महिनाअघि मात्रै चौथो बरियताबाट तेस्रो बरियतामा पुग्नुभएको थियो ।