जनता टाइम्स

१८ फाल्गुन २०७६, आईतवार ११:३२

नेपाल हङ्‍कङसँग ४३ रनले पराजित, एसिया कप खेल्ने सम्भावना कठिन


काठमाडौं, फागुन १८

एशिया इस्टर्न रीजन टी–२० क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले हङ्‍कङसँग ४३ रनले पराजित भएको छ । पराजयसँगै नेपालको एसिया कप खेल्ने सम्भावना न्युन हुदै गएको छ ।

थाईल्यान्डको टेर्डथाइ किक्रेट मैदान भइरहेको खेलमा २० ओभर ब्याटिङ गर्ने क्रममा हङ्‍कङले ६ विकेट गुमाएर १५४ रन बनायो । नेपालका लागि स्पीनर सन्दीप लामिछाने र युवा बलर सुशन भारीले दुई–दुई र कुशल मल्लले एक विकेट लिएका थिए ।

१५५ रनको लक्ष्य पछ्याएको नेपाल १८.१ ओभरमा १११ रनमै अलआउट भयो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रन बनाए । यस्तै, कुसाल मल्लले १९, आरिफ शेखले १० र अभिनास बोहोराले १२ रन बनाउनु बाहेक कसैले पनि दोहोरो अंकको रन बनाउन सकेनन् । यसअघि आफ्नो पहिलो खेलमा शनिवार नेपाल मलेशियाबाट २२ रनले पराजित भएको थियो।